1 Samuel 1:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट एल्काना र तिनको परिवार बिहान सबेरै उठे र परमप्रभुको आराधना गरेर आफ्नो घरतिर रामामा गए। एल्कानाले आफ्नी स्वास्नी हन्नाहसित सहवास गरे र परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्ट तिनीहरू बिहानै उठे, र परमप्रभुलाई दण्डवत् गरेर आफ्नो घर रामामा फर्के। आफ्नी पत्नी हन्नाहसित एल्कानाको सहवास भयो, र परमप्रभुले हन्नाहलाई सम्झनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट बिहानै तिनीहरू उठे, र तिनीहरूले याहवेहको सामु आराधना गरे। अनि आफ्नो घर रामामा गए। एल्कानाले आफ्नी पत्नी हन्नासित सहबास गरे। अनि याहवेहले तिनलाई सम्झनुभयो।
Nepali ERV (पवित्र बाइबल)
भोलिपल्ट बिहानै एल्कानाका परिवारका सदस्यहरू उठे अनि परमप्रभुको आराधना गरे र आफ्नो घर रामामा फर्के। एल्कानाले आफ्नी पत्नी हन्नासित सहवास गरे। परमप्रभुले पछि हन्नालाई सम्झनु भयो।