1 Samuel 1:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी हन्‍नाह गर्भवती भइन् र एउटा छोरो जन्‍माइन्। त्‍यसको नाम तिनले शमूएल राखिन् र भनिन्, “मैले त्‍यसलाई परमप्रभुसित मागेकी छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हन्‍नाह गर्भवती भइन्, र बेला पुगेपछि तिनले एक जना छोरो जन्‍माइन्‌। तिनले त्‍यसको नाउँ शमूएल राखिन्, किनभने “मैले त्‍यसलाई परमप्रभुसँग मागेकी हुँ” भनी तिनी भन्‍थिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी हन्‍ना गर्भवती भईन्, र समय पुगेपछि उनले एउटा छोरा जन्माइन्। तिनले छोराको नाम शमूएल राखिन् र भनिन्, “किनकि मैले यसलाई याहवेहसँग मागेकी हुँ।”
Nepali ERV (पवित्र बाइबल)
तिनी गर्भवती भइन्। समय पुगेपछि हन्नाले एउटा छोरो जन्माइन्। तिनले छोराको नाउँ शमूएल राखिन्। तिनले भनिन्, “यसको नाउँ शामूएल हो किनभने यसलाई मैले परमप्रभुसित मागेकी हुँ।”