1 Samuel 1:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यसपालि हन्‍नाह साथमा गइनन्। तिनले लोग्‍नेलाई भनिन्, “बालकले दूध खान छोडेपछि म त्‍यसलाई परमप्रभुको भवनमा लैजानेछु र त्‍यो त्‍यहाँ आफ्‍नो जीवनभरि रहनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हन्‍नाह तिनीहरूसँग गइनन्‌। तिनले आफ्‍नो पतिलाई भनिन्, “जब बालकले दूध खान छोड्‌छ तब त्‍यसलाई लिएर परमप्रभुको उपस्‍थितिमा त्‍यसलाई हाजिर गराउनलाई म जानेछु, र त्‍यो सधैँभरि नै त्‍यहीँ रहनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हन्‍नाचाहिँ गइनन्। तिनले आफ्नो पतिलाई भनिन्, “बालकले दूध खान छाडेपछि म त्यसलाई याहवेहको सामु लैजानेछु, र त्यो सधैँभरि त्यहीँ रहनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर हन्ना गइनन्। तिनले एल्कानालाई भनिन्, “बालकले जब दूध खान छोड्छ र ठोस आहार खान थाल्छ, म यसलाई लिएर शीलोमा जानेछु। तब म बालकलाई परमप्रभुमा अर्पण गर्नेछु। बालक सधैंलाई शीलोमा नै रहनेछ।”