1 Samuel 1:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एल्कानाले जवाफ दिए, “हुन्छ, जे तिमीले असल ठान्छ्यौ, त्यही गर। बालकले दूध खान नछोडेसम्म घरै बस। परमप्रभुले तिम्रो प्रतिज्ञा पूरा गराऊन्।” यसकारण हन्नाहले घरमा नै बसेर आफ्नो छोरा स्याहारिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनकी पति एल्कानाले तिनलाई भने, “तिमीलाई जे असल लाग्छ त्यही गर।” “त्यसले दूध नछोड़ेसम्म घरमै बस। केवल परमप्रभुले आफ्नो वचन पूरा गरून्।” यसैले ती स्त्री घरैमा बसिन्, र दूध नछोड़ेसम्म त्यस बालकलाई हुर्काइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको पति एल्कानाले भने, “तिमीलाई जस्तो असल लाग्छ त्यही गर। तिमीले उसलाई दूध नछुटाएसम्म यहीँ बस। केवल याहवेहले आफ्नो वचन पूरा गरून्।” यसकारण हन्नाले आफ्नो बालकलाई दूध नछुटाएसम्म घरमै बसेर त्यसलाई स्याहारिन्।
Nepali ERV (पवित्र बाइबल)
हन्नाका लोग्ने एल्कानाले भने, “तिमीलाई जे राम्रो लाग्छ त्यही गर बालकले ठोस भोजन गर्नसक्ने नभइञ्जेल तिमी घरैमा बस। परमप्रभुले तिम्रो वचन पूरा गरिदिउन्।” यसर्थ तिनी छोराले आमाको दूध नछाडेसम्म घरैमा बसिन्।