1 Samuel 1:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हन्‍नाहले उनलाई भनिन्, “हजुर, के तपाईंलाई मेरो याद छ? तपाईंले देख्‍नुभएको यहाँ खडा भएर परमप्रभुलाई प्रार्थना गरिरहेकी स्‍त्री म नै हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हन्‍नाहले उनलाई भनिन्, “हजूर, तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु कि म त्‍यही स्‍त्री हुँ, जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईंको छेउमा यहाँ उभिएकी थिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हन्‍नाले एलीलाई भनिन्, “मेरा मालिक, तपाईं जीवित हुनुभएझैँ, म त्यही स्त्री हुँ, जो याहवेहकहाँ प्रार्थना गर्दै तपाईंको छेउमा उभिएकी थिएँ।
Nepali ERV (पवित्र बाइबल)
हन्नाले बालकलाई एलीको अघिल्तिर लिएर गइन् र भनिन्, “महाशाय, मलाई क्षमा गर्नु होला। म त्यही स्त्री हुँ, जो परमप्रभुलाई प्रार्थना गर्दागर्दै तपाईंका सामु उभिएकी थिएँ। मैले साँचो भनिरहेको छु।