1 Samuel 1:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक साल एल्‍काना आराधना गर्न र सर्वशक्तिमान् परमेश्‍वरलाई बलि चढाउन रामतैमबाट शीलो जान्‍थे। शीलोमा परमप्रभुका पूजाहारीहरू एलीका दुई छोरा होप्‍नी र पीनहास थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एल्‍काना वर्षेनी शीलोमा सर्वशक्तिमान्‌ परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्‍नो सहरबाट उक्‍लेर जाने गर्थे। त्‍यहाँ एलीका दुई छोरा, होप्‍नी र पीनहास परमप्रभुका पूजाहारीहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एल्काना वर्षैपिच्छे आफ्नो सहरबाट सेनाहरूका याहवेहकहाँ आराधना गर्न र बलिदान चढाउन शीलोमा उक्लेर जान्थे। त्यहाँ एलीका दुई छोराहरू होप्नी र पीनहास याहवेहका पुजारीहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु सर्वशक्तिमानको अघि आराधना गर्न र बलि चढाउन प्रत्येक वर्ष एल्काना रामाबाट शीलोमा जाने गर्थे। शीलोमा परमप्रभुका पूजाहारीको रूपमा होप्नी र पीनहासले सेवा गर्थे। यी दुइ एलीका छोरा थिए।