1 Samuel 1:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका लोग्ने एल्कानाले सोध्थे, “हन्नाह, तिमी किन रुन्छ्यौ? किन तिमी खान्नौ? किन तिमी सधैँ यस्तो अफसोस गछ्र्यौ? के म तिम्रो निम्ति दश छोराहरूभन्दा बढ्ता छैन र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका पति एल्कानाले तिनलाई भन्थे, “हन्नाह, तिमी किन रोइरहेकीछ्यौ र केही पनि खाँदिनौ? तिमी किन यति दु:खित छ्यौ? के म तिम्रो निम्ति दश जना छोराहरूभन्दा पनि बढ्ता छैनँ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका पति एल्कानाले तिनलाई यसो भन्थे, “हन्ना तिमी किन रोइरहन्छौ? तिमी किन खाँदिनौ? तिमी किन उदास हुन्छ्यौ? के म तिम्रा निम्ति दश छोराहरूभन्दा पनि बढी छैनँ र?”
Nepali ERV (पवित्र बाइबल)
यो सब देखेर एल्काना उनका पतिले भन्थे, “हन्ना तिमी किन रून्छौ? किन केही खाँदिनौ? तिमी किन यति दुःखी छौ? म तिम्रो लोग्ने हुँ र म तिम्रै हुँ। तिमीले सोच्नु पर्छ कि म दशजना छोराहरू भन्दा बढता नै छु।”