1 Samuel 10:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनलाई पहिल्‍यै चिन्‍ने मानिसहरूले त्‍यसो गरेको देखेर आपसमा सोध्‍न लागे, “कीशका छोरालाई के भयो? के शाऊल अगमवक्ता भए?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनलाई अघि चिन्‍ने मानिसहरूले उनलाई अगमवक्ताहरूजस्‍तै अगमवाणी बोलिरहेका देखे, तब तिनीहरू एउटाले अर्कालाई भन्‍न लागे, “कीशका छोरालाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताकै दलमा छन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब शाऊललाई पहिल्यैबाट चिन्‍नेहरूले तिनलाई अगमवक्ताहरूसँग अगमवाणी गरिरहेका देखे, तब तिनीहरूले एक-आपसमा भने, “कीशको छोरोलाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन्?”
Nepali ERV (पवित्र बाइबल)
ति-जसले शाऊललाई पहिले देखि चिन्थे उनीहरूले शाऊललाई अगमवाणी गरेका देखे। यसर्थ तिनीहरूले एक अर्कासित प्रश्न गर्न थाले, “कीशको छोरालाई के भयो? के शाऊल पनि अगमवक्ताहरू मध्ये एउटा हो?”