1 Samuel 10:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलका काकाले शाऊल र तिनको चाकरलाई देखेर सोधे, “तिमीहरू कहाँ गएका थियौ?” शाऊलले उत्तर दिए, “हामी गधा खोज्‍दैगएका थियौं। ती नभेट्दा हामी शमूएललाई भेट्‍न गयौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलका काकाले उनलाई र त्‍यस नोकरलाई भने, “तिमीहरू कहाँ गएका थियौ?” शाऊलले जवाफ दिए, “गधाहरू खोज्‍न गएका थियौं। जब हामीले भेट्टाउन सकेनौं तब हामी शमूएलकहाँ गयौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलका काकाले तिनी र तिनका सेवकलाई सोधे, “तिमीहरू कहाँ गएका थियौ?” तिनले भने, “हामी गधाहरू खोज्न गएका थियौँ। तर ती नभेट्टाएपछि हामी शमूएलकहाँ गयौँ।”
Nepali ERV (पवित्र बाइबल)
शऊलका काकाले शाऊललाई र त्यस नोकरलाई भने, “कता गएका थियौ?” शाऊलले भने, “हामी गधाका खोजीमा थियौं। जब हामीहरूले तिनीहरूलाई पाउँन सकेनौ त्यसपछि हामी शमूएललाई भेट्न गयौं।”