1 Samuel 10:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याएँ र मिश्रीहरूका र तिमीहरूलाई सताउने सबै जातिहरूका हातबाट बचाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘मैले इस्राएललाई मिश्रदेशबाट निकालेर ल्‍याएँ। तिमीहरूलाई सताउने मिश्रीहरू र सबै राज्‍यहरूबाट मैले तिमीहरूलाई मुक्त गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ; ‘मैले इस्राएललाई इजिप्टबाट निकालेर ल्याएँ। अनि तिमीहरूलाई सताउने इजिप्टको शक्ति र सबै राज्यहरूबाट मैले छुटाएर ल्याएँ।’
Nepali ERV (पवित्र बाइबल)
शमूएलले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले इस्राएललाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रको अधीनबाट बचाएँ र अन्य राष्ट्रहरूबाट पनि बचाएँ जसले तिमीहरूलाई चोट पुर्याउन चाहन्थे।’