1 Samuel 10:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका परमेश्‍वर हुँ, जसले तिम्रा सारा दु:ख र कष्‍टबाट तिमीहरूलाई रक्षा गर्छ। तर आज तिमीहरूले मलाई अस्‍वीकार गर्‍यौ र आफ्‍नो लागि मबाट एउटा राजा माग्‍यौ। अब परमप्रभुको सामुन्‍ने तिमीहरू कुल-कुल र गोत्र-गोत्र गरी भेला होओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूका सबै दु:ख र कष्‍टदेखि बचाउनुहुने आफ्‍ना परमेश्‍वरलाई तिमीहरूले आजको दिन इन्‍कार गर्‍यौ। तिमीहरूले यसो भन्‍यौ, ‘होइन, हामीमाथि एक जना राजा नियुक्त गर्नुहोस्‌।’ यसकारण अब परमप्रभुको सामुन्‍ने कुल-कुल र वंश-वंश गरी आ-आफ्‍नै स्‍थानमा जम्‍मा होओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहिले तिमीहरूले सबै विपत्ति र प्रकोपहरूबाट तिमीहरूलाई बचाउनुहुने परमेश्‍वरलाई तिरस्कार गरेका छौ। अनि तिमीहरूले भनेका छौ, ‘अहँ, हुँदैन, हामीमाथि एउटा राजा नै नियुक्त गरिदिनुहोस्।’ यसकारण अब तिमीहरूले आफ्ना कुल र वंशअनुसार आफूलाई याहवेहको सामु उपस्थित गराओ।”
Nepali ERV (पवित्र बाइबल)
तर आज तिमीहरूले आफ्नो परमेश्वरलाई अस्वीकार गर्यौ। तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै दुःख र कष्टहरूबाट बचाउनुभयो। तर तिमीहरू भन्छौ, ‘होइन, हामीलाई शासन गर्ने एउटा राजा चाहिन्छ। यसैकारणले अब परमप्रभुको अगाडि परिवारका सदस्यहरू र परिवार समूहहरू लिएर उपस्थित होऊ।”