1 Samuel 10:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि शमूएलले बेन्यामीन कुलका परिवारलाई अघि आउन अह्राए र मत्रीको परिवार चुनियो। त्यसपछि मत्री परिवारका पुरुषहरू अघि आए अनि कीशको छोरो शाऊल चुनिए। तिनलाई तिनीहरूले खोजे तर नपाएर,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले बेन्यामीनको कुलका वंश-वंश गरी हाजिर गराए, अनि मत्रीको वंश चुनियो। अन्त्यमा कीशका छोरा शाऊल चुनिए। तर जब मानिसहरूले उनलाई खोजे तब उनलाई भेट्टाउन सकेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले बेन्यामीनको कुललाई वंश-वंश गरी अगि ल्याए, र मत्रीको वंश चुनियो। आखिरमा कीशका छोरा शाऊल चुनिए। तर जब तिनीहरूले तिनलाई खोजे, तब तिनलाई भेट्टाएनन्।
Nepali ERV (पवित्र बाइबल)
शमूएलले बिन्यामिनी कुलसमूहका प्रत्येकलाई एक-एकजना गरेर अगाडि जानु भने। त्यसपछि मन्त्रीको परिवारालाई चुनियो। त्यसपछि त्यही मन्त्री परिवारको प्रत्येकलाई एक एकजना गरेर अगाडि जानु भने। यसरी कीशका छोरा शाऊललाई चुनियो। जब मानिसहरूले शाऊललाई खोजे, त्यहाँ शाऊललाई भेट्टाएनन्।