1 Samuel 10:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले प्रजालाई भने, “परमप्रभुले चुन्नुभएको मानिस यी नै हुन्! यिनीजस्ता अरू कोही हाम्रा माझमा छैनन्।” सारा प्रजाले नारा लगाए, “राजा दीर्घायु होऊन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शमूएलले मानिसहरूलाई भने, “परमप्रभुले चुन्नुभएको मानिसलाई हेर। यस जम्मै जातिमा उनीजस्तै अरू कोही छैन।” तब ती मानिसहरूले नारा लगाएर कराए, “राजा दीर्घायु होऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि शमूएलले सबै मानिसहरूलाई भने, “के तिमीहरूले याहवेहले चुन्नुभएको मानिसलाई देख्यौ? सबै मानिसहरूको बीचमा तिनीजस्तै अरू कोही छैन।” मानिसहरूले कराएर भने, “हाम्रा राजा अमर रहून्!”
Nepali ERV (पवित्र बाइबल)
शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।” त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।”