1 Samuel 10:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले राजाका अधिकार र कर्तव्य प्रजालाई बुझाइदिए र ती एउटा किताबमा लेखेर पवित्र स्थानमा राखिदिए। त्यसपछि तिनले सबैलाई घर पठाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शमूएलले मानिसहरूलाई राजाका कामकाजको विषयमा बताइदिए, र तिनले त्यो एउटा कागतमा लेखेर परमप्रभुको सामुन्ने राखिदिए। त्यसपछि तिनले मानिसहरूलाई आ-आफ्नो घर जान बिदा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शमूएलले राजाका अधिकार र कर्तव्यहरूको विषयमा मानिसहरूलाई बताइदिए। तिनले ती एउटा चर्मपत्रमा लेखेर याहवेहको सामु राखिदिए। त्यसपछि शमूएलले मानिसहरूलाई तिनीहरूका आ-आफ्ना घरमा पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
शमूएलले राज्यका नियमहरू मानिसहरूलाई बुझाए। यो एउटा पुस्तकमा पनि लेखे र यस व्यवस्थाको पुस्तकलाई परमप्रभुको अघि राखे। तब तिनले मानिसहरूलाई घर जानु भने।