1 Samuel 10:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कति जना बेकामका मानिसहरूले भने, “कसरी यस मानिसले हाम्रो भलाइ गर्ला?” तिनीहरूले शाऊलको निन्‍दा गरे र उनलाई कुनै भेटी दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यहाँ कति जना बदमाशहरू पनि थिए, जसले भने, “यस मानिसले हामीलाई कसरी मुक्त गराउन सक्‍ला र?” उनीहरूले शाऊलको केही वास्‍ता गरेनन्, र उनको निम्‍ति केही सौगात पनि ल्‍याएनन्‌। तर शाऊलले केही भनेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर केही खराब मानिसहरूले, “यो व्यक्तिले हामीलाई कसरी बचाउन सक्छ र?” भनेर शाऊललाई अनादर गरे। अनि तिनलाई केही उपहार पनि चढाएनन्। तर शाऊल मौन रहे।
Nepali ERV (पवित्र बाइबल)
तर कोही बद्‌माशहरूले भने, “यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?” तिनीहरूले शाऊलको विरूद्धमा नराम्रो भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन। अम्मोनीका राजा नाहाशले गाद र रूबेन कुल समूहरूलाई सताईरहेका थिए। नाहाशले प्रत्येक पुरूषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बस्ने प्रत्येक इस्राएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इस्राएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।