1 Samuel 11:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक महिनापछि अम्‍मोनका राजा नाहाश आफ्‍ना सेना लिएर गिलादको इलाकाको याबेश सहरमा आए र त्‍यसलाई घेरामा हाले। याबेश-वासीहरूले नाहाशलाई भने, “हामीसित सन्‍धि गर्नुहोस् र हामी तपाईंलाई आफ्‍ना राजा मान्‍नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अम्‍मोनी नाहाशले याबेश-गिलादलाई आक्रमण गरेर त्‍यसलाई घेरे। याबेशका मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्‍धि गर्नुहोस्, र हामी तपाईंका प्रजा हुनेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अम्मोनी नाहाशले याबेश-गिलादलाई घेरा हाले। अनि याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस् र हामी तपाईंको अधीनमा रहनेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौ।”