1 Samuel 11:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि शमूएलले तिनीहरूलाई भने, “हामी सबै जना गिलगालमा जाऔं र फेरि एकचोटि शाऊललाई आफ्‍ना राजा भनी घोषणा गरौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शमूएलले मानिसहरूलाई भने, “हामी गिलगालमा गएर त्‍यहाँ यस राजसत्ताप्रति हाम्रो भक्ति फेरि पनि स्‍वीकार गरौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगालमा जाऔँ, र त्यहाँ पुनः शाऊललाई राजा घोषणा गरौँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आऊ, हामी गिलगाल जाऊँ। गिलगालमा हामी शाऊललाई फेरि राजाकोरूपमा घोषणा गरौं।”