1 Samuel 11:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाहाशले जवाफ दिए, “एउटा शर्तमा म तिमीहरूसित सन्‍धि गर्नेछु। म सबैको दाहिने आँखा निकालिदिनेछु र यसरी इस्राएलको बेइज्‍जत गरिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर नाहाशले तिनीहरूलाई जवाफ दिए, “एउटै शर्तमा मात्र म तिमीहरूसँग सन्‍धि गर्नेछु। म तिमीहरूमध्‍ये हरेक मानिसको दाहिने आँखा निकालिदिनेछु, र त्‍यसले इस्राएलको बेइज्‍जत हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अम्मोनी नाहाशले जवाफ दिए, “म तिमीहरूसँग एउटै शर्तमा सन्धि गर्नेछु। म तिमीहरू हरेकको दाहिने आँखा निकालिदिनेछु, ताकि यसरी सम्पूर्ण इस्राएलको बेइज्जत होस्।”
Nepali ERV (पवित्र बाइबल)
तर अम्मोनी नाहाशले भने, “यदि मैले जम्मै इस्राएलीहरूका दाहिने आँखा घोंचेर निकाल्न सकें भने म तिमीहरूसित सन्धि गर्नेछु। तब मात्र सारा इस्राएलको बेइज्जत हुनेछ।”