1 Samuel 11:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल आफ्‍नो खेतबाट गोरुहरू लिएर भर्खर घर आउन लागेका थिए। तिनले सोधे, “के भयो? किन सबै जना रोइरहेका छन्?” याबेशबाट आएका दूतहरूले भनेका खबर तिनीहरूले शाऊललाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसै बेला शाऊल खेतबाट गोरु धपाउँदै आइरहेका थिए, र “मानिसहरूलाई के भयो? किन विलाप गरिरहेका छन्‌?” भनी उनले सोधे। अनि याबेश-गिलादका मानिसहरूले भनेका कुरा तिनीहरूले दोहोर्‍याएर उनलाई भनिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै बेला शाऊलचाहिँ आफ्नो खेतबाट आफ्ना गोरुहरूका पछि-पछि आइरहेका थिए, र तिनले सोधे, “सबै मानिसहरूलाई के भयो? यिनीहरू किन रोइरहेका छन्?” तब तिनीहरूले याबेशका मानिसहरूले भनेका कुरा तिनलाई दोहोर्‍याएर भनिदिए।
Nepali ERV (पवित्र बाइबल)
शाऊल आफ्ना खेतबाट गाईहरू लिएर फर्कंदै थिए। शाऊलले खेतको अघि आउँदा मानिसहरू रोइरहेका सुने। शाऊलले भने, “मानिसहरूले के कष्ट भयो? किन रोइरहेकाछन्।” मानिसहरूले याबेशका दूतहरूले जे खबर ल्याएका थिए शाऊललाई बताए।