1 Samuel 12:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले गहुँ कटनीको समय छ, होइन त? तर म प्रार्थना गर्नेछु र परमप्रभुले मेघको गर्जन र वृष्‍टि पठाउनुहुनेछ। जब त्‍यस्‍तो हुन्‍छ, तब थाहा पाउनेछौ कि परमप्रभुलाई राजा माग्‍दा तिमीहरूले उहाँको विरुद्धमा कति ठूलो पाप गरेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहिले गहूँको कटनीको समय छ, होइन? म परमप्रभुलाई पुकार्नेछु, अनि उहाँले गर्जन र वृष्‍टि पठाउनुहुनेछ। तब तिमीहरूले देख्‍नेछौ र जान्‍नेछौ कि राजा मागेर तिमीहरूले परमप्रभुको दृष्‍टिमा कस्‍तो खराबी गरेका रहेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के अहिले गहुँको कटनीको समय होइन र? गर्जनसहितको झरी पठाउनुहोस् भनी म याहवेहसँग पुकार गर्नेछु। अनि तिमीहरूले राजा मागेर याहवेहको दृष्‍टिमा कति ठूलो दुष्‍ट काम गरेका रहेछौ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
यो गहुँको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्कँदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरूद्धमा राजा मागेर भूल काम गरेका छौ।”