1 Samuel 12:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यस्‍तो हुन नदेऊन् कि तिमीहरूको निम्‍ति अब उसो प्रार्थना गर्न छोडेर मैले उहाँको विरुद्धमा पाप गरूँ? त्‍यसका सट्टामा तिमीहरूको लागि जे असल र ठीक छ, सो म तिमीहरूलाई सिकाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका निम्‍ति प्रार्थना गर्न छोड़ेर परमप्रभुको अगि पाप गर्ने दिनचाहिँ मबाट परै रहोस्‌। जे ठीक र असल छ सो म तिमीहरूलाई देखाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो विषयमा भन्‍नुपर्दा—तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेर याहवेहको विरुद्धमा पाप गर्ने कुरा मबाट टाढै रहोस्। अनि म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
अनि म तिमीहरूका निम्ति प्रार्थना गर्न छोडने छैन। यदि मैले तिमीहरूका लागि प्रार्थना गरिनँ भने परमप्रभु विरूद्ध मेरो पाप हुनेछ। म तिमीहरूलाई शिक्षा दिइरहन्छु ताकि तिमीहरूले राम्रो र सही जीवन जिउनेछौ।