1 Samuel 12:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले उत्तर दिए, “तिमीहरूले मलाई पूर्णरूपले निर्दोष पाएका छौ भनी परमप्रभु र उहाँले चुन्‍नुभएको राजा आज साक्षी हुनुहुन्‍छ।” “हो, परमप्रभु हाम्रा साक्षी हुनुहुन्‍छ।” तिनीहरूले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शमूएलले तिनीहरूलाई भने, “मेरो हातमा तिमीहरूले केही भेट्टाएनौ भनी आजको दिन परमप्रभु तिमीहरूका विरुद्धमा साक्षी हुनुहुन्‍छ, र उहाँका अभिषिक्त जन पनि साक्षी छन्‌।” तिनीहरूले भने, “उहाँ साक्षी हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शमूएलले इस्राएलीहरूलाई भने, “मेरा हात शुद्ध छन् भनी आजको दिन याहवेह र उहाँका अभिषिक्त जन साक्षी हुनुहुन्छ।” “उहाँ साक्षी हुनुहुन्छ,” तिनीहरूले भने।
Nepali ERV (पवित्र बाइबल)
शमूएलले इस्राएलीहरूलाई भने, “परमप्रभु र उहाँले चुन्नु भएको राजा गवाही हुनुहुन्छ। तिमीहरूले जे-जे भन्दैछौ उहाँ दुइजनाले सुन्दैहुनुहुन्छ। उहाँहरूलाई पनि थाहा भयो तिमीहरूले मलाई कुनै दोष दिएनौ।” सबै मानिसहरूले एकसाथ जवाफ दिए, “साँच्चै हो! परमप्रभु नै गवाही हुनुहुन्छ!”