1 Samuel 12:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब याकूब र तिनका परिवार मिश्रमा गए र मिश्रीहरूले तिनीहरूलाई सताए, तिम्रा पुर्खाहरूले मद्दतको निम्‍ति परमप्रभुलाई पुकारे र उहाँले मोशा र हारूनलाई पठाउनुभयो। ती दुईले तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याए र यस देशमा बसाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“याकूब मिश्रदेशमा प्रवेश गरेपछि तिनले सहायताको निम्‍ति परमप्रभुलाई पुकारे, अनि उहाँले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याए, र यस ठाउँमा बसाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याकोब इजिप्टमा प्रवेश गरेपछि तिनीहरूले सहायताका निम्ति याहवेहसँग पुकार गरे। अनि याहवेहले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर यहाँ बसोबास गराए।
Nepali ERV (पवित्र बाइबल)
याकूब मिश्र गए पछि मिश्र बासीहरूले उसका सन्तानहरूको जीवनलाई धेरै कष्टमय बनाए। यसर्थ तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति रोइकराइ गरे। परमप्रभुले मोशा र हारूनलाई पठाउनु भयो। मोशा र हारूनले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर लिएर आए अनि यही ठाउँमा बस्ने व्यवस्था मिलाई दिए।