1 Samuel 12:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से र उहाँले पलिश्‍तीहरू, मोआबका राजा र हासोर सहरको सेनापति सीसरालाई तिम्रा पुर्खाहरूको विरुद्धमा लडाइँ गर्न र तिनीहरूलाई जित्‍न दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से, र उहाँले तिनीहरूलाई त्‍यागेर हासोरका सेनापति सीसरा तथा पलिश्‍तीहरू र मोआबका राजाका हातमा सुम्‍पिदिनुभयो, जसले तिनीहरूका विरुद्धमा लड़ाइँ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरलाई बिर्सेका कारण उहाँले तिनीहरूलाई हासोरको फौजका सेनापति सीसरा, पलिश्ती र मोआबका राजाको हातमा बेचिदिनुभयो; जसले तिनीहरूको विरुद्धमा लडाइँ गरे।
Nepali ERV (पवित्र बाइबल)
“तर तिम्रा पिता-पुर्खाहरूले परमप्रभु परमेश्वरलाई त्यागे। यसकारण परमप्रभुले तिनीहरूलाई सीसराका दास हुन दिनुभयो। सीसरा हासोरका सेनाका सेनापति थिए। त्यसपछि परमप्रभुले तिनीहरूलाई पलिश्ती र मोआबका राजाका हातमा सुम्पिदिनुभयो। तिनीहरू सबै तिम्रा पिता-पुर्खाहरूको विरूद्ध लडे।