1 Samuel 13:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर शमूएलले भने, “यो तिमीले के गर्यौ?” शाऊलले उत्तर दिए, “मानिसहरू मलाई छोडेर भागिरहेका थिए। तपाईं आफूले भनेअनुसार आइपुग्नुभएन। त्यसबाहेक पलिश्तीहरू मिकमाशमा जम्मा हुँदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शमूएलले भने, “यो तपाईंले के गर्नुभयो?” शाऊलले जवाफ दिए, “मानिसहरू मबाट हटिरहेका मैले देखें, र तपाईंले प्रतिज्ञा गर्नुभएको समयमा तपाईं पनि आउनुभएन, र पलिश्तीहरू मिकमाशमा जम्मा हुँदैथिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शमूएलले सोधे, “तिमीले के गरेको?” शाऊलले जवाफ दिए, “मैले मानिसहरू तितरबितर भइरहेका देखेँ। अनि तपाईंले भन्नुभएको समयमा तपाईं पनि आउनुभएन। अनि पलिश्तीहरू पनि मिकमाशमा भेला भइरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
शमूएलले सोधे, “तपाईंले यो के गर्नुभयो?” शाऊलले जवाफ दिए, “धमाधम सैनिकहरूले मलाई छोड्नलागे। तपाईं पनि यहाँ हुनुहुन्न थियो, अनि पलिश्तीहरू मिकमाशमा भरिएका थिए।