1 Samuel 13:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले यस्‍तो विचार गरें, पलिश्‍तीहरूले मलाई यहाँ गिलगालमा हमला गर्नेछन् र मैले परमप्रभुको कृपादृष्‍टि पाउने चेष्‍टा गरेकै छैन। यसकारण मलाई लाग्‍यो कि मैले एउटा होमबलि चढाउनुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले यही विचार गरें कि पलिश्‍तीहरू मेरो विरुद्धमा गिलगालमा आउनेछन्, र मैले परमप्रभुका निगाहको निम्‍ति बिन्‍ती गरेको छैनँ। यसैले म आफैले यो होमबलि चढ़ाउन बाध्‍य भएको अनुभव गरें।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले मलाई लाग्यो, ‘अब पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा ओर्लेर आउनेछन्, र मैलेचाहिँ याहवेहसँग बिन्ती गरेको पनि छैनँ।’ यसकारण होमबलि चढाउन म बाध्य भएँ।”
Nepali ERV (पवित्र बाइबल)
मैले सोचें, पलिश्तीहरू यहाँ गिलगालमा आएर मलाई आक्रमण गर्नेछन्। मैले अहिलेसम्म परमप्रभुलाई सहायताको निम्ति बिन्ती पनि गरिन। अन्त्यमा बाध्य भएर मैले होमबलि चढाएँ।”‘