1 Samuel 13:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएल गिलगालबाट बिदा भएर आफ्‍नो बाटो लागे। शाऊल आफ्‍ना सिपाहीहरू भएकातिर गए र बाँकी रहेका मानिसहरू तिनीसित लागे। तिनीहरू गिलगालबाट बेन्‍यामीनको इलाकाको गिबामा गए। शाऊलले आफ्‍नो सेनाको टोलीको जाँच गरे, त्‍यहाँ प्राय: ६०० सैनिक थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शमूएल उठे, र गिलगाल छोड़ेर बेन्‍यामीनको गिबातिर गए। अनि शाऊलले आफूसित भएका मानिसहरूको गन्‍ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शमूएल गिलगालबाट बेन्यामीनको गेबामा गए। अनि शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शमूएल उठे र गिलगाल छाडेर गए। शाऊल र उसका केही बँचेका सैनिकहरूले गिलगाल छोडे। तिनीहरू बिन्यामीनको गिबातिर गए। शाऊलले अहिलेसम्म आफ्ना साथ नछोडने मानिसहरूको गन्ती गरे। तिनीहरू प्रायः 600 जति रहेछन्।