1 Samuel 13:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल, तिनको छोरो जोनाथन र तिनीहरूसित भएका मानिसहरूले बेन्यामीनको इलाकाको गिबामा छाउनी हाले। पलिश्तीहरूको छाउनी मिकमाशमा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊल, उनका छोरा जोनाथन र उनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा रहे। पलिश्तीहरूचाहिँ मिकमाशमा डेरा हालेर बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊल र तिनका छोरा जोनाथन अनि तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गेबामा बसेका थिए। पलिश्तीहरूले चाहिँ मिकमाशमा छाउनी हालेर बसेका थिए।
Nepali ERV (पवित्र बाइबल)
शाऊल, तिनका छोरा जोनाथन र उनीसित भएका सैनिकहरू बिन्यामीन कहाँ गिबामा गए। पलिश्तीहरूले मिकमाशमा छाउनी हालेका थिए।