1 Samuel 13:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले तीन हजार मानिसहरू चुने र आफूसित मिकमाश र बेथेलको पहाडी देशमा दुई हजार राखे र आफ्‍नो छोरो जोनाथनसँग बेन्‍यामीन कुलको इलाकाभित्र गिबामा एक हजार पठाए। बाँकी मानिसहरूलाई शाऊलले घर फर्काइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले इस्राएलका तीन हजार मानिसहरूलाई चुने— दुई हजार उनीसँग मिकमाशमा र बेथेलको पहाड़ी देशमा थिए, र एक हजार जोनाथनसँग बेन्‍यामीनको गिबामा थिए। बाँकी मानिसहरूलाई चाहिँ उनले घरमा पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले इस्राएलबाट तीन हजार मानिसहरूलाई चुने; जसमा दुई हजार शाऊलसँग मिकमाशमा र बेथेलको पहाडी मुलुकमा थिए। अनि एक हजारचाहिँ बेन्यामीनको गेबामा जोनाथनसँग थिए। बाँकी मानिसहरूलाई चाहिँ शाऊलले आ-आफ्ना घरमा पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तिनले इस्राएलबाट 3,000 पुरूषलाई छाने। त्यसमध्ये 2,000 पुरूष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए।