1 Samuel 13:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोनाथनले पलिश्‍ती सेनापतिलाई गिबामा मारे र सबै पलिश्‍तीहरूले त्‍यो कुरा सुने। तब सारा देशभरि तुरही फुकेर हिब्रूहरूलाई लडाइँमा बोलाउन शाऊलले दूतहरू पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जोनाथनले गिबामा भएको पलिश्‍ती चौकीमाथि आक्रमण गरे, र त्‍यसको खबर पलिश्‍तीहरूका बीचमा फैलियो। शाऊलले “सबै हिब्रूहरूले सुनून्‌” भनेर देशको चारैतिर तुरही फुक्‍न लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जोनाथनले गेबामा भएका पलिश्तीहरूको चौकीमाथि आक्रमण गरे। जब पलिश्तीहरूले यसको बारेमा सुने, तब “हिब्रूहरूले सुनून्!” भनेर शाऊलले देशभरि तुरही फुक्न लगाए।
Nepali ERV (पवित्र बाइबल)
जोनाथन गिबामा गए र पलिश्तीहरूलाई तिनीहरूकै छाउनीमा हराए। पलिश्तीहरूले यो सुने। तिनीहरूले भने, “हिब्रूहरूले विद्रोह गरे।” शाऊलले मानिसहरूलाई सारा इस्राएल भरी तुरही फुक्न आज्ञा गरे र भने, “जे भएको छ हिब्रूहरूले सुनोस्।”