1 Samuel 14:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ तिनीहरू पलिश्‍तीकहाँ देखा परे र पलिश्‍तीहरूले भने, “हेर, कोही-कोही हिब्रूहरू आफू लुकेका दुलाहरूबाट निस्‍की आउँदै छन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण तिनीहरू पलिश्‍तीहरूकहाँ देखा परे। अनि पलिश्‍तीहरूले भने, “हेर त, हिब्रूहरू आफू लुकेका प्‍वालहरूबाट निस्‍कँदैछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती दुवै जना पलिश्तीहरूको चौकीमा देखा परे। अनि पलिश्तीहरूले भने, “हेर! हिब्रूहरू आफूलाई लुकाइराखेका दुलाहरूबाट घस्रँदै बाहिर आइरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ जोनाथन र तिनका सहयोगी पलिश्तीहरूले देख्ने गरी उभिए। पलिश्ती रक्षकहरूले भने, “हेर! हिब्रूहरू लुकेको खाल्टोबाट निस्केर आउँदैछन्।”