1 Samuel 14:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाउँ-बस्‍तीमा बास गर्ने सबै पलिश्‍तीहरू डराए, छाउनीमा बसेका छापामार र सिपाहीहरू डरले काँमे, पृथ्‍वी हल्‍लियो र एउटा ठूलो आतङ्क मच्‍चियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब छाउनी र रणभूमिमा भएको जम्‍मै सेनामा आतङ्क छायो। चौकीमा र लुट्‌नेहरूका दलमा भएका मानिसहरू पनि भयभीत भए। जमिनै काँप्‍यो, र उनीहरूमा आतङ्क बढ़्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब समस्त योद्धाहरूमा अर्थात् छाउनी, खेत र चौकीमा भएका सेनाहरू, र छापा मार्ने दलमा भएका मानिसहरूका बीचमा आतङ्क फैलियो, र जमिन हल्‍लियो। अनि यो परमेश्‍वरद्वारा पठाइएको ठूलो आतङ्क थियो।
Nepali ERV (पवित्र बाइबल)
मैदान, छाउनीमा र किल्लामा भएका सबै पलिश्ती सैनिकहरू डराउन थाले। यहाँसम्म भयो कि पलिश्तीहरूका वीरभन्दा वीर सैनिक पनि डराए। जमीन काम्यो र पलिश्ती सैनिकहरू साह्रै नै डराए।