1 Samuel 14:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण शाऊलले आफ्‍ना मानिसहरूलाई भने, “सिपाहीहरूको गन्‍ती लिएर को-को छैन हेर।” तिनीहरूले त्‍यसै गरे अनि जोनाथन र उनको हतियार बोक्‍ने केटा रहेनछन् भनी पत्ता लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊलले को-को छैनन्‌ भनी जान्‍नलाई गन्‍ती लिए, अनि जोनाथन र तिनका हतियार बोक्‍नेलाई हाजिर नभएका भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “दलहरूलाई भेला गर, र हामीलाई कसले छोडेर गएको छ, हेर।” जब तिनीहरूले सबैलाई भेला गरे, र जोनाथन र तिनका हतियार बोक्ने त्यहाँ रहेनछन्।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले आफ्ना छेवैमा भएका सैनिकहरूलाई भने, “सैनिकहरूको गन्ती गर। म यो जान्न चाहन्छु कि कसले छाउनी छोडे।” तिनीहरूले गन्ती गरे। छाउनीमा जोनाथन र तिनका सहायक थिएनन्।