1 Samuel 14:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल पूजाहारीसित कुरा गरिरहेको बेलामा पलिश्ती छाउनीमा गड्बडी अझै बढ्दैगयो र शाऊलले तिनलाई भने, “परमप्रभुसित सल्लाह लिइरहने समय छैन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊल पूजाहारीहरूसँग बोल्दैथिए पलिश्तीहरूका छाउनीको खैलाबैला झन्-झन् बढ्न लाग्यो, र उनले पूजाहारीलाई “तिम्रो हात झिक” भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊल पुजारीसँग कुरा गरिरहेको बेला पलिश्तीहरूको छाउनीमा भएको खैलाबैला झन्-झन् बढ्दैगयो। यसकारण शाऊलले पुजारीलाई भने, “तपाईंको हात झार्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
शाऊल पूजाहारी अहियाहसँग कुरा गर्दैथिए। शाऊलले परमेश्वरको सुझाव पर्खिरहेका थिए। तर पलिश्तीहरूको छाउनीमा होहल्ला र अशान्ती अझै बढ्दै थियो। शाऊलको धैर्य खतम भइसकेको थियो। अन्त्यमा पूजाहारी अहियालाई शाऊलले भने, “अब भयो प्रार्थना गर्न बन्द गर, हात तल झार।”