1 Samuel 14:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति जना हिब्रूहरू, जो पलिश्तीहरूतिर लागेर तिनीहरूसित तिनका छाउनीमा गएका थिए, फेरि तिनीहरूलाई छोडेर शाऊल र जोनाथनपट्टि आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती हिब्रूहरू, जो त्यति बेलासम्म पलिश्तीहरूका अधीनमा भएका थिए र उनीहरूको छाउनीमा गएका पनि थिए, तिनीहरूले पलिश्तीहरूलाई छोड़ेर शाऊल र जोनाथनको साथमा भएका इस्राएलीहरूसँग मिल्न आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती हिब्रूहरू, जो पहिले पलिश्तीहरूकहाँ गएर तिनीहरूका छाउनीमा बसेका थिए। तिनीहरू पनि शाऊल र जोनाथनसँग भएका इस्राएलीहरूको छाउनीमा गए।
Nepali ERV (पवित्र बाइबल)
केही हिब्रूहरू पनि पलिश्तीहरूसित तिनीहरूका नोकरहरू जस्तै त्यही छाउनीमा थिए। तिनीहरूले पनि पलिश्तीहरूलाई आक्रमण गरे। तिनीहरू पनि इस्राएली शाऊल र जोनाथनसित मिले।