1 Samuel 14:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एक जना मानिसले भन्‍यो, “हामी सबै भोकले कमजोर भएका छौं; तर तपाईंका बुबाले हामीलाई डर देखाएर यसो भन्‍नुभयो, ‘जसले आज खाना खान्‍छ, त्‍यसलाई मेरो सराप लाग्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मानिसहरूमध्‍येको एक जनाले तिनलाई भन्‍यो, “तपाईंका पिताले यसो गर्नलाई एकदम मनाही गर्नुभएको छ। उहाँले भन्‍नुभएको छ, ‘आजको दिन खानेकुरो खाने मान्‍छे श्रापित होस्‌।’ यसैले मानिसहरूचाहिँ भोकले छटपटिसकेका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एक जना योद्धाले तिनलाई भन्यो, “तपाईंका पिताले सेनाहरूलाई यसो भनेर शपथ खान लाएका छन्, ‘आज भोजन खाने व्यक्ति श्रापित होस्!’ त्यसैले मानिसहरू अति कमजोर भएका हुन्।”
Nepali ERV (पवित्र बाइबल)
एउटा सैनिकले जोनाथनलाई भन्यो, “तपाईंका पिताले मानिसहरूलाई एउटा शपथ खान लगाए। तपाईंका पिताले मानिसहरूलाई केही खाएमा दण्डित गरिने शपथ खुवाए। यसैले मानिसहरू भोकभोकै छन्। यसैले गर्दा मानिसहरू कमजोरी भए।”