1 Samuel 14:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊललाई यसो भनियो, “हेर्नुहोस्, मानिसहरूले रगतैसँग मासु खाएर परमप्रभुको विरुद्धमा पाप गरिरहेका छन्।” शाऊल कराए, “तिमीहरू विश्‍वासघातीहरू हौ! एउटा ढुङ्गा पल्‍टाएर यहाँ म भएको ठाउँमा ल्‍याओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मानिसहरूले मासु रगतसमेत खाएर परमप्रभुको विरुद्धमा पाप गर्दैछन्‌” भनी कसैले शाऊललाई भनिदियो। शाऊलले कराएर भने, “तिमीहरूले आफ्‍नो विश्‍वास तोड़्यौ। एउटा ठूलो ढुङ्गा पल्‍टाएर तुरुन्‍तै यहाँ ल्‍याओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब कसैले शाऊललाई भनिदियो, “हेर्नुहोस्, मानिसहरूले रगतसँगै मासु खाएर याहवेहको विरुद्धमा पाप गरिरहेका छन्।” शाऊलले भने, “तिमीहरूले विश्‍वासघात गर्‍यौ। अब झट्टै यहाँ एउटा ठूलो ढुङ्गा गुडाएर ल्याओ।”
Nepali ERV (पवित्र बाइबल)
शाऊललाई एउटा मानिसले भन्यो, “हेर्नुहोस्! मानिसहरूले परमप्रभुको विरूद्धमा पाप गर्दैछन्। तिनीहरूले रगतै समेत मासु खाँदैछन्!” शाऊलले भने, “तिमीहरूले पाप गर्दैछौ। यहाँ एउटा ठूलो ढुङ्गालाई पल्टाऊ।”