1 Samuel 14:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनले अर्को एउटा आज्ञा दिए, “मानिसहरूका बीचमा जाओ र तिनीहरूलाई भन कि सबैले आ-आफ्‍ना गाई-गोरु र भेडाहरू यहाँ लिएर आऊन्। ती मारेर तिनीहरूले यहाँ खाऊन्। रगतैसँग मासु खाएर तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गर्नुहुन्‍न।” यसकारण त्‍यस रात सबैले आफ्‍ना गाईवस्‍तु त्‍यहाँ ल्‍याएर मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले फेरि भने, “मानिसहरूका माझमा गएर भन, तिमीहरूले आफ्‍ना गाईबस्‍तु र भेड़ा यहाँ ल्‍याओ र मारेर खाओ, र यसरी तिमीहरूले मासु रगतसमेत खाएर परमप्रभुको विरुद्धमा पाप नगर।” यसकारण रात परेपछि हरेक मानिस आ-आफ्‍नो गोरु धपाउँदै आयो, र त्‍यो त्‍यहीँ नै मार्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि शाऊलले भने, “मानिसहरूका बीचमा जाओ र तिनीहरूलाई भन, ‘तिमीहरू हरेकले आफ्ना गाईबस्तु र भेडाबाख्राहरू मकहाँ ल्याओ। अनि तिनीहरूलाई यहाँ मारेर खाओ। तर रगतसमेतको मासु खाएर याहवेहको विरुद्धमा पाप नगर।’ ” यसकारण हरेकले त्यस रात आफ्नो गोरु ल्याएर त्यहाँ मारे।
Nepali ERV (पवित्र बाइबल)
फेरि शाऊलले भने, “मानिसहरूलाई गएर भन कि प्रत्येक मानिसले साँढे र भेडा लिएर मकहाँ आओस्। यहाँ तिनीहरूले आफ्ना साँढे र भेडा मार्नुपर्छ। परमप्रभु विरूद्ध पाप काम नगर! रगतै समेतको मासु नखाओ।” त्यस रात प्रत्येकले आ-आफ्नो पशुहरू ल्याएर त्यहाँ मारे।