1 Samuel 14:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले आफ्ना मानिसहरूलाई भने, “आओ, हामी तल झरेर राती पलिश्तीहरूमाथि हमला गरौं र घाम उदाउने बेलासम्म तिनीहरूलाई लुटपाट गरौं र सबैलाई मारिदिऔं।” तिनीहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ, त्यही गर्नुहोस्।” तर पूजाहारीले भने, “पहिले परमेश्वरको सल्लाह लिऔं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊलले भने, “हामीहरू तल गएर पलिश्तीहरूमाथि राती आक्रमण गरौं र मिरमिरे उज्यालोसम्मै उनीहरूलाई लुटौं। उनीहरूको एकै जना मानिसलाई पनि हामी बाँकी नराखौं।” मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे सबैभन्दा असल लाग्छ त्यही गर्नुहोस्।” तर पूजाहारीले भने, “हामी पहिले परमेश्वरसँग सल्लाह लिऔं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले भने, “हामी राति पलिश्तीहरूको पछि-पछि तल जाऔँ र तिनीहरूलाई बिहानसम्मै लुटौँ। अनि हामी तिनीहरू एउटैलाई पनि जीवित नछोडौँ!” मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ, त्यही गर्नुहोस्!” तर पुजारीले भने, “हामी पहिले परमेश्वरसँग सोधपुछ गरौँ।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले भने, “आज राती हामी पलिश्तीहरूलाई लखेट्नेे छौं। हामीले तिनीहरूबाट प्रत्येक बस्तु खोस्ने छौं। हामीले तिनीहरू सबैलाई मार्ने छौं।” सैनिकहरूले जवाफ दिए, “तपाईंलाई जे राम्रो लाग्छ, त्यही गर्नुहोस्।” तर पूजाहारीले भने, “परमेश्वरलाई सोध।”