1 Samuel 14:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिकमाशको घाटीको, जुन बाटो भएर जोनाथन पलिश्तीहरूका छाउनीमा पुग्नुपर्थ्यो, दुई वटा चोसो निस्केका चट्टानहरू घाटीका दुईपट्टि उठेका थिए। एउटा चट्टानको नाम बोसेस र अर्काको नाम सेनेह थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घाटीको दुवैतिर, जहाँबाट जोनाथन पलिश्तीहरूको चौकीमा जान चाहेका थिए, त्यहाँ बोसेस र सेनेह नाउँ भएका दुई ठाड़ा पहरा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पलिश्तीहरूको पहरे-चौकीमा पुग्न जोनाथनले जुन बाटो भएर जानुपर्थ्यो, त्यहाँ दुवैतिर ठूला-ठूला चट्टानहरू थिए। एउटा चट्टानलाई बोसेस र अर्कोलाई सेनेह भनिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
वाटोको दुवै पट्टि ठूला-ठूला चट्टानहरू थिए। जोनाथनले त्यही बेंसीको बाटो भएर पलिश्तीहरूको छाउनीमा पुग्ने निश्चय गरे। बाटोको एकापट्टि बोसेस नाउँ भएको एउटा ठूला चट्टान थियो र अर्को तर्फ सेन नाउँ गरेको अर्को चट्टान थियो।