1 Samuel 14:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले परमप्रभु इस्राएलका परमेश्वरलाई भने, “परमप्रभु, आज किन तपाईंले मलाई उत्तर दिनुभएन? परमप्रभु इस्राएलका परमेश्वर, पवित्र पत्थरहरूद्वारा मलाई उत्तर दिनुहोस्। दोष मेरो वा जोनाथनको छ भने ऊरीमद्वारा जवाफ दिनुहोस् तर तपाईंको प्रजा इस्राएलको दोष छ भने तुम्मीमद्वारा जवाफ दिनुहोस्।” जवाफमा जोनाथन र शाऊल देखा परे र मानिसहरू छुट्टिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊलले परमप्रभु इस्राएलका परमेश्वरलाई यसो भनेर प्रार्थना गरे, “आज तपाईंले आफ्नो दासलाई किन जवाफ दिनुभएन? यदि यो दोष म अथवा मेरो छोरा जोनाथनमा छ भने, हे परमप्रभु इस्राएलका परमेश्वर, चिट्ठामा त्यसको भाग ‘ऊरीम’ परोस्। यदि यो दोष तपाईंको प्रजा इस्राएलमा छ भने त्यसलाई ‘तुम्मीम’ परोस्।” जोनाथन र शाऊललाई चिट्ठाले अलग गर्यो, र मानिसहरूचाहिँ छुट्टिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले याहवेह इस्राएलका परमेश्वरसँग यसो भनेर प्रार्थना गरे, “आज तपाईंले आफ्नो सेवकलाई किन जवाफ दिनुभएन? यदि यो दोष म अथवा मेरा छोरा जोनाथनमा छ भने त्यसमा ऊरीम परोस्। यदि यो दोष तपाईंको प्रजा इस्राएलमा छ भने त्यसलाई तुम्मीम परोस्।” अनि जोनाथन र शाऊलको नाममा चिट्ठा पर्यो, तर मानिसहरूचाहिँ निर्दोष साबित भए।
Nepali ERV (पवित्र बाइबल)
तब शाऊलले प्रार्थना गर्न लागे, “परमप्रभु, इस्राएलको परमेश्वर, तपाईंले दासलाई आज किन जवाफ दिनुभएन, यदि मैले अथवा मेरो छोरा जोनाथनले कुनै पाप गरेको भए परमप्रभु इस्राएलका परमेश्वर ऊरीम दिनुहोस्। यदि तपाईंका इस्राएली मानिसहरूले पाप गरेका भए तुम्मीम दिनुहोस्।” यस प्रकारले शाऊल र जोनाथन चुनिएका थिए अन्य मानिसहरू चुनिएका थिएनन्।