1 Samuel 14:45 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मानिसहरूले शाऊललाई भने, “के जोनाथन, जसले इस्राएलको लागि यति महान् विजय गरे, मारिने? अँहँ, होइन! जीवित परमप्रभुलाई साक्षी राखी हामी वचन दिंदछौं कि उनको शिरको एउटा केश पनि भूइँमा खस्न पाउनेछैन।” किनभने उनले आज परमेश्वरको सहायताले काम गरेका छन्। यसरी नै मानिसहरूले जोनाथनलाई मारिनदेखि मुक्त गराएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मानिसहरूले शाऊललाई भने, “के जोनाथन मारिने? ती नै जोनाथन, जसले इस्राएलको निम्ति यस्तो ठूलो विजय प्राप्त गरेका छन्? यस्तो नहोस्। जीवित परमप्रभुको नाउँमा हामी भन्दछौं कि तिनको एउटा केश पनि भूइँमा खस्न पाउनेछैन, किनभने तिनले आज परमेश्वरको सहायताले काम गरेका छन्।” यसरी मानिसहरूले जोनाथनलाई मुक्त गराए, र तिनी मारिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मानिसहरूले शाऊललाई भने, “के इस्राएलको निम्ति महान् छुटकारा ल्याउने जोनाथन मर्नैपर्छ? यस्तो कदापि हुनेछैन! निश्चित रूपमा जीवित याहवेहलाई साक्षी राखेर हामी भन्दछौँ, तिनको एउटै पनि केश भुइँमा खस्नेछैन। किनकि तिनले आजको यो काम परमेश्वरको सहायताले गरेका थिए।” यसरी मानिसहरूले जोनाथनलाई उद्धार गराए, र तिनलाई मृत्युदण्ड दिइएन।
Nepali ERV (पवित्र बाइबल)
तर सबै सैनिकाहरूले भने, “आज जोनाथनले इस्राएललाई विजयी गरायो। के जोनाथन मर्नै पर्ने? होइन! हामी जीवित परमेश्वरको नाउँमा शपथ खान्छौ कि जोनाथनलाई कसैले हानि गर्न सक्दैन, उसको शिरको एउटा केशसम्म कसैले हल्लाउन सक्ने छैन। परमेश्वरले आज पलिश्तीहरूसँगको युद्धमा जोनाथनलाई सहायता गर्नुभएको छ।” यसरी मानिसहरूले जोनाथनलाई बचाए। तिनलाई मृत्युदण्ड दिइएन।