1 Samuel 14:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले आफ्‍नो जीवनकालभरि पलिश्‍तीहरूसित लडाइँ गर्नुपर्‍यो। यसकारण जहिले-जहिले कोही बलियो वा साहसी पुरुष भेट्थे, त्‍यही बेला उनले त्‍यसलाई आफ्‍ना सेनामा भर्ती गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलको जीवनपर्यन्‍त पलिश्‍तीहरूसित घमासान भइरह्यो। उनले भेट्टाएको कुनै पनि बलियो वा वीर मानिसलाई शाऊलले आफ्‍नो काममा नियुक्त गरिहाल्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग घमासान लडाइँ भइरह्‍यो। जब शाऊलले बलिया वा साहसी मानिस देख्थे, तब तिनले त्यस मानिसलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।
Nepali ERV (पवित्र बाइबल)
शाऊल जीवनभरी नै साहसी थिए। पलिश्तीहरू विरूद्ध कठिन युद्ध लडे। जहिले पनि कुनै वीरलाई देखेमा शाऊलले आफ्नो सैनिक दलमा त्यसलाई सामेल गर्थे र आफ्नो छेवैमा राखेर राजाको रक्षक बनाउँथे।