1 Samuel 14:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोनाथनले त्‍यस जवान मानिसलाई भने, “हामी पारिपट्टि ती मूर्ति पुज्‍ने पलिश्‍तीहरूका छाउनीमा जाऔं। हुन सक्‍छ, परमप्रभुले हाम्रो मद्दत गर्नुहुन्‍छ र उहाँले मद्दत दिनुभयो भने हामी जति नै थोरै सङ्‍ख्‍यामा भए पनि कुनै कुराले हामीलाई विजय पाउनदेखि रोक्‍न सक्‍नेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जोनाथनले आफ्‍ना हतियार बोक्‍नेलाई भने, “आऊ, हामी ती खतना नभएकाहरूको चौकी हेर्न जाऔं। शायद परमप्रभुले हामीलाई मदत दिनुहुनेछ। हामीलाई बचाउनुदेखि कुनै कुराले उहाँलाई रोक्‍न सक्‍दैन, चाहे हामी धेरै होऔं चाहे थोरै।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब जोनाथनले आफ्नो हतियार बोक्ने जवानलाई भने, “आऊ, हामी ती खतना नभएकाहरूका चौकीमा जाऔँ। सायद याहवेहले हाम्रो पक्षमा काम गर्नुहुनेछ। उहाँलाई कुनै पनि कुराले रोक्न सक्नेछैन। धेरै होस् वा थोरै होस्, याहवेहले युद्ध जित्न सक्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
जोनाथनले आफ्नो हतियार बोक्ने युवा सहयोगीलाई भने, “आऊ, ती विदेशीहरूको छाउनीमा जाऔ। हुन सक्छ, परमप्रभुले तिनीहरूलाई डराउनको निम्ति हामीलाई प्रयोग गर्नुहुनेछ। हामीसँग ज्यादा सैनिक होस् कि नहोस् परमप्रभुलाई कसैले रोक्न सक्दैन।”