1 Samuel 15:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले शाऊललाई राजा बनाएकोमा मलाई पछुतो छ। त्‍यो मदेखि तर्किगएको छ र मेरा आज्ञा उल्‍लङ्घन गरेको छ।” शमूएल रिसाए र रातभरि परमप्रभुसित बिन्‍ती गरिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“शाऊललाई राजा तुल्‍याएकोमा मलाई पछितो लागेको छ, किनभने त्‍यसले आफ्‍नो मुख मदेखि मोड़ेको छ, र मेरो आज्ञा त्‍यसले पालन गरेको छैन।” शमूएल विचलित भए, र तिनले रातभरि परमप्रभुलाई पुकारा गर्दैरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले शाऊललाई राजा तुल्याएकोमा म दुःखित भएको छु। किनकि त्यो मदेखि तर्किगएको छ; अनि मेरो वचनलाई त्यसले पालन गरेको छैन।” शमूएल अति दुःखित भए, र याहवेहसँग रातभरि बिन्ती गरिरहे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफै दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे।