1 Samuel 15:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले जवाफ दिए, “तिमीले आफैंलाई केही महत्त्व नभएको मानिस हुँ भनी ठान्छौ भने पनि तिमी इस्राएलका कुलहरूका अगुवा हौ। परमप्रभुले तिमीलाई राजा अभिषेक गर्नुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शमूएलले भने, “यस्तो समय थियो जब तपाईं आफूले आफैलाई तुच्छ सम्झनुहुन्थ्यो, तर अब तपाईं इस्राएलका कुलहरूका शिर हुनुहुन्छ। परमप्रभुले तपाईंलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शमूएलले भने, “यद्यपि एक समयमा तिमीले आफूलाई आफ्नै दृष्टिमा सानो ठानेका थियौ; तापनि के तिमी इस्राएलका कुलहरूका अगुवा भएनौ र? याहवेहले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
शमूएलले भने, “विगतमा, तपाईंले आफैलाई तुच्छ सम्झनु हुन्थ्यो। तर त्यसपछि तपाईं इस्राएलका कुलहरूका अगुवा हुनुभयो। इस्राएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो।