1 Samuel 15:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले अमालेकका मानिसहरूलाई दण्‍ड दिनुहुनेछ किनभने तिनका पुर्खाहरूले इस्राएलीहरू मिश्रबाट आइरहेका बेलामा तिनीहरूले विरोध गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ: ‘मिश्रदेशबाट इस्राएल उक्‍लेर आउँदा अमालेकीहरूले इस्राएललाई आक्रमण गरे। यसकारण त्‍यसको निम्‍ति अमालेकीहरूलाई दण्‍ड दिने निश्‍चय मैले गरेको छु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘इस्राएलीहरू इजिप्टबाट आउँदा बाटोमा तिनीहरूलाई ढुकेर आक्रमण गर्ने अमालेकीहरूलाई म दण्ड दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इस्राएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे।