1 Samuel 15:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले परमप्रभुको आज्ञा साँच्‍चै पालन गरें,” शाऊलले जवाफ दिए, “उहाँले भनेअनुसार म गएँ, अगाग राजालाई ल्‍याएँ र सबै अमालेकीहरूलाई मारें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले शमूएललाई उत्तर दिए, “तर मैले त परमप्रभुको आज्ञापालन गरें। परमप्रभुले पठाउनुभएको ठाउँमा म गएँ, र अमालेकीहरूका राजा अगागलाई समातेर ल्‍याएँ। उनीहरूमध्‍येका बाँकीलाई चाहिँ मैले नष्‍ट पारिदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले भने, “तर मैले याहवेहको आज्ञापालन गरेँ। याहवेहले मलाई दिनुभएको जिम्मेवारी पूरा गर्न म गएँ। मैले अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गरे। अनि तिनीहरूका राजा अगागलाई समातेर ल्याएँ।
Nepali ERV (पवित्र बाइबल)
शऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा माने मलाई जहाँ पठाउनु भयो त्यही गए। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग।