1 Samuel 15:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको विरुद्धमा विद्रोह गर्नु तन्‍त्र-मन्‍त्रको पापजस्‍तै हो र घमण्‍ड गर्नु मूर्तिपूजाजस्‍तै पाप हो। तिमीले परमप्रभुको आज्ञा अस्‍वीकार गरेको हुनाले उहाँले तिमीलाई राजा मान्‍न अस्‍वीकार गर्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको आज्ञा उल्‍लङ्घन गर्नु तन्‍त्रमन्‍त्रको पापजस्‍तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्‍तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्‍याग्‍नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्‍याग्‍नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विद्रोही हुनु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनुचाहिँ मूर्तिपूजाको दुष्‍टता जस्तै हो। तिमीले याहवेहको वचनलाई इन्कार गरेका छौ, यसकारण उहाँले तिमीलाई राजाको रूपमा इन्कार गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
आज्ञा पालन नगर्नु चाहि तन्त्रमन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहि मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”