1 Samuel 15:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म तिमीसित फर्किनेछैनँ,” शमूएलले उत्तर दिए, “तिमीले परमप्रभुको आज्ञा अस्वीकार गर्यौ र उहाँले तिमीलाई इस्राएलका राजा मान्न इन्कार गर्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शमूएलले जवाफ दिए, “म तपाईंको साथ दिनेछैनँ। तपाईंले परमप्रभुको वचनलाई त्याग्नुभयो, र तपाईंलाई पनि परमप्रभुले इस्राएलमाथि राजाको पददेखि त्याग्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शमूएलले तिनलाई भने, “म तिमीसँग फर्केर जानेछैनँ। तिमीले याहवेहको वचनलाई तिरस्कार गरेका छौ, र याहवेहले तिमीलाई इस्राएलको राजाको रूपमा इन्कार गर्नुभएको छ!”
Nepali ERV (पवित्र बाइबल)
तर शमूएलले शाऊललाई भने, “म तपाईंसँग जाँदिन। तपाईंले परमप्रभुको वचनलाई उलंघन गर्नुभयो अनि अहिले परमप्रभुले पनि राजा अस्वीकार गरिदिनुभएको छ।”